यस श्री श्रीखाँडादेवी माध्यमिक विद्यालय नेपालको राजधानी काठमाडौबाट नजिकै रहेको काभ्रेपलान्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं २, नाग्रे गगर्चेस्थित २०२४ सालदेखि स्थापना भई हाल आएर करिव ४०० जना विद्यार्थिहरु सहित +2 सम्मको पठन पाठन गर्न सफल भएको छ । यस नाग्रे गगर्चेको सुन्दरता, समृद्धता, धर्मशास्त्र, सांस्कृतिक विविधता र समावेशीताको कारणले सम्पन्न गाउँमा विद्यालयहरू महत्वपूर्ण संस्थाको रुपमा पर्दछ ।
यी गाउँमा स्थानीय बालबालिकालाई शिक्षा प्रदान गर्ने शिक्षकहरूले अहम भूमिका निभाउँनु पर्ने हुन्छ । यी विद्यालयहरूले शिक्षामा समानता, सुरक्षा र विकासका अवसर प्रदान गर्दछन्। तसर्थ गाउँहरूमा विद्यालयहरूले अनेक चुनौतिहरूलाई पनि सामर्थ्यसंग निभाउँनु पर्दछ । यो गाउँ अक्सर पहाडी भूमिमा पर्दछ, जसको कारणले पहुँच, परिवहन र संरचनाका क्षेत्रमा चुनौतीहरू छन्। जीवन्तिका जोखिम, अवसरहरूमा कमी, विद्यार्थीहरूको ग्रामीण जीवनका कारण पनि प्रमुख चुनौतिहरू हुन्।
तथापि, नाग्रे गगर्चे गाउँका विद्यालयहरू समुदायको सहयोग र दृढतासँग काम गर्दै आएका छन्। स्थानीय निवासीहरू शिक्षा विभाग, सरकारी विभाग र स्थानीय निकायहरूसँग साझा रुपमा काम गर्छन् र विद्यालय संरचनामा सुधारहरू गर्दै आइरहेको छ । यस विद्यालयले शिक्षा, सामाजिकता र विकासका लागि महत्त्वपूर्ण भूमिका निभाएको छ र गाउँको सामुदायिक विकासमा महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको छ ।
